Kathmandu Press

पूर्वएआईजी बमको घरमा कार्यरत प्रहरी परिचर मृत भेटिए

काठमाडौं, वैशाख ३० : पूर्वएआईजी कमलसिंह बमको घरमा कार्यरत प्रहरी परिचर मृत भेटिएका छन्। मूलपानीस्थित पूर्वएआईजी बमको घरमा कार्यरत परिचर बासुदेव धमला बिहीबार मृत...
पूर्वएआईजी बमको घरमा कार्यरत प्रहरी परिचर मृत भेटिए

काठमाडौं, वैशाख ३० : पूर्वएआईजी कमलसिंह बमको घरमा कार्यरत प्रहरी परिचर मृत भेटिएका छन्। मूलपानीस्थित पूर्वएआईजी बमको घरमा कार्यरत परिचर बासुदेव धमला बिहीबार मृत भेटिएका हुन्। 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार धमला बमकै घरमै रहेको जस्ताको टहरोमा झुण्डिएको अवस्थामा भेटिएका थिए । उनले आत्महत्या गरेको आशंका प्रहरीको छ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। 

धमलाको शव पूर्वएआईजी सिंहकै  झुण्डिएको अवस्थामा भेटिएको छ। उनी सोही टहरोमा बस्दै आएका थिए ।
 

प्रकाशित मिति: १४:१६ बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्