Kathmandu Press

माल्दिभ्सले लगायो दक्षिण एशियाली मुलुकको पर्यटकमाथि प्रतिबन्ध 

माले, वैशाख ३० : भारतमा कोरोना भाइरसको संक्रमण वृद्धि भएपछि माल्दिभ्सले अस्थायी रुपमा दक्षिण एशियाली मुलुकको पर्यटकमाथि प्रतिबन्ध लगाएको छ। माल्दिभ्स सरकारले बिहीबारदेखि दक्षिण एसियाली...
माल्दिभ्सले लगायो दक्षिण एशियाली मुलुकको पर्यटकमाथि प्रतिबन्ध 

माले, वैशाख ३० : भारतमा कोरोना भाइरसको संक्रमण वृद्धि भएपछि माल्दिभ्सले अस्थायी रुपमा दक्षिण एशियाली मुलुकको पर्यटकमाथि प्रतिबन्ध लगाएको छ। 

माल्दिभ्स सरकारले बिहीबारदेखि दक्षिण एसियाली मुलुकबाट भ्रमण गर्ने पर्यटकको प्रवेशमा अस्थायी रूपमा प्रतिबन्ध लगाएको हो। 

माल्दिभ्सले अस्थायी रुपमा प्रतिबन्ध गरेको दक्षिण एसियाली मुलुकमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, नेपाल, पाकिस्तान र श्रीलंका रहेको छ। 

माल्दिभ्सको पर्यटन मन्त्रालयले ‘प्रतिबन्धमा २४ घण्टा भन्दा बढी ट्रान्जिट समय भएको र गत १४ दिनभित्र माथि उल्लेखित दक्षिण एसियाली मुलुकमा यात्रा गरेको पर्यटकलाई समावेश गरिएको बताएको छ। मन्त्रालयले यो प्रतिबन्ध मे १३ बाट अर्को सूचना नआएसम्मका लागी लागू हुने बताएको छ। 

माल्दिभ्समा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४० हजार ९२ जना छ भने मृत्यु हुनेको संख्या ८७ जना छन्। त्यस्तै, निको हुनेको संख्या २७ हजार एक सय २३ जना रहेको छ। 

प्रकाशित मिति: १२:४५ बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्