Kathmandu Press

मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

झापा, वैशाख ३० : मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी आज बिहान झापामा एक व्यक्तिले ज्यान गुमाएका छन्। कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ...
मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु
Hardik ivf

झापा, वैशाख ३० : मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी आज बिहान झापामा एक व्यक्तिले ज्यान गुमाएका छन्। 

कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गएको हो। उनलाई आज बिहान ५ बजे जङ्गली हात्तीले रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलभित्रको सडकमा आक्रमण गरेको थियो। 

जङ्गली हात्तीको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। बिहान मर्निङवाकमा निस्किएका लिम्बूलाई २१ नम्बर वाहिनी अड्डाको पश्चिमतर्फको जङ्गलको भित्री बाटोमा हिँड्दै गर्दा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

प्रकाशित मिति: ०८:१५ बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्