Kathmandu Press

कास्कीमा जेठ ७ गतेसम्म निषेधाज्ञा

पोखरा, वैशाख ३० : कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि कास्कीमा निषेधाज्ञा एक साता थपिएको छ। नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन फैलिरहेको अवस्थालाई गम्भीरतापूर्वक...
कास्कीमा जेठ ७ गतेसम्म निषेधाज्ञा

पोखरा, वैशाख ३० : कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि कास्कीमा निषेधाज्ञा एक साता थपिएको छ। 

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन फैलिरहेको अवस्थालाई गम्भीरतापूर्वक लिंँदै रोकथाम तथा नियन्त्रणका कार्य प्रभावकारी रुपमा सञ्चालन गर्न थप एक साता निषेधाज्ञा जारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको सूचनामा जनाइएको छ। 

निषेधाज्ञामा यसअघि झै बजार, व्यवसाय, विद्यालय, कलकारखाना बन्द रहनेछन्। अत्यावश्यक बाहेकका सवारी साधनमा रोक लगाइएको छ। 

प्रकाशित मिति: ०७:१६ बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्