Kathmandu Press

पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज, पूर्वरानीको स्वास्थ्यमा सुधार 

काठमाडौं, वैशाख २९ : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह कोरोना संक्रमणमुक्त भएपछि नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् ।गत बैशाख ११...
पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज, पूर्वरानीको स्वास्थ्यमा सुधार 

काठमाडौं, वैशाख २९ : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह कोरोना संक्रमणमुक्त भएपछि नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गत बैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । उनीहरुको दोश्रो पटकको परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि बुधबार डिस्चार्ज भएका हुन् ।

 उनीहरुको सोमबार गरिएको परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो । यसैबीच पुर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार आइरहेको अस्पतालले जनाएको छ । गत साता अक्सिजन लेभल घटेपछि आइसियुमा उपचाररत पुर्वरानी कोमलको स्वास्थ्य अवस्थामा सुधार आएपछि वार्डमा सारिएको हो ।

पूर्व राजदम्पती भारतमा आयोजना गरिएको कुम्भ मेलामा सहभागी भई नेपाल फर्के लगत्तै कोरोना संक्रमण पुष्टी भएपछि अस्पताल भर्ना गरिएको हो ।

प्रकाशित मिति: २१:३४ बजे, बुधबार, वैशाख २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्