Kathmandu Press

भारतमा ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीलाई कोभिडविरूद्धको पहिलो खोप दिइयो 

भारतमा ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीलाई कोभिडविरूद्धको पहिलो खोप दिइयो 

काठमाडौं, वैशाख २९ : भारतका ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले कोभिड–१९विरूद्धको पहिलो खोप लगाएका संघीय स्वास्थ्यमन्त्री हर्षबर्धनले बुधबार जानकारी गराएका छन् ।

यो वर्षको जनवरी १६ देखि खोप अभियान सञ्चालन गरिएको ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले पहिलो साथै ६५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले दुबै खोप लगाएका उहाँले भिडियो कन्फरेन्समार्फत् विभिन्न राज्यका स्वास्थ्यमन्त्रीसँगको छलफलका क्रममा बताएका हुन् ।

Hardik ivf

उनले उत्तराखण्ड, हरियाणा, पञ्जाब, बिहार, झारखण्ड, उडिसा, जम्मु तथा कश्मीरका स्वास्थ्यमन्त्रीसँग खोपको समीक्षाका लागि गरेको बैठकमा केन्द्र सरकारले आफ्ना नागरिकको स्वास्थ्य सुरक्षाका लागि महामारीविरुद्धको लडाईमा लाग्न पनि भारतीय अधिकारीहरूलाई आग्रह गरेको छ ।

उनले केही समयदेखि भारतभरी सङ्क्रमण दर बढेको र यसको दवाव स्वास्थ्य संस्थाहरूमा परिरहेको बताउँदै दबाबबीच महामारीविरुद्धको लडाईमा अग्रसर रहन स्वास्थ्यकर्मीहरूलाई पनि आग्रह गरे ।

उनका अनुसार भारतभर विगत २४ घण्टामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ५५ हजार ३३८ रहेको र सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या पनि सोही अनुपात अर्थात् तीन लाख ४८ हजार ४१२ रहेको र यो सङ्ख्या आगामी हप्तामा क्रमशः घट्ने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति: २१:२७ बजे, बुधबार, वैशाख २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्