Kathmandu Press

वैशाख ३१ मा सांसदहरुलाई कोरोनाबिरुद्धको दोस्रो डोज खोप दिईने 

काठमाडौं, वैशाख २९ : संघीय संसद अन्तर्गत सांसदहरुलाई यहि वैशाख कोरोनाभाइरस बिरुद्धको दोस्रो डोज खोप लगाईने भएको छ ।संघीय संसद सचिवालयले प्रतिनिधिसभा र...
वैशाख ३१ मा सांसदहरुलाई कोरोनाबिरुद्धको दोस्रो डोज खोप दिईने 

काठमाडौं, वैशाख २९ : संघीय संसद अन्तर्गत सांसदहरुलाई यहि वैशाख कोरोनाभाइरस बिरुद्धको दोस्रो डोज खोप लगाईने भएको छ ।

संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यका लागि वैशाख ३१ गते खोप लगाउने जनाएको छ ।

यसैगरी संघीय संसदका पदाधिकारी र सचिवालयका सबै कर्मचारीलाई जेठ १ र सबै स्वकीय सचिव, मर्यादापालक र सुरक्षासँग सम्बन्धित कर्मचारी, संघीय मामिला पत्रकारले जेठ २ गते खोप लगाईने बताईएको छ । 
 

प्रकाशित मिति: १९:२५ बजे, बुधबार, वैशाख २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्