स्याङ्जामा जेठ १५ सम्म लम्बियो निषेधाज्ञा
काठमाडौं, वैशाख २९ : स्याङ्जामा जेठ १५ सम्मका लागि निषेधाज्ञा लम्बिने भएको छ । बैशाख २१ गतदेखि जारी भएको निषेधाज्ञालाई समय थप गरि...
काठमाडौं, वैशाख २९ : स्याङ्जामा जेठ १५ सम्मका लागि निषेधाज्ञा लम्बिने भएको छ । बैशाख २१ गतदेखि जारी भएको निषेधाज्ञालाई समय थप गरि जेठ १५ सम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको हो ।
निषेधाज्ञामा राजश्व संकलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि बाहेक बैंकिङ्ग सेवा समेत पूर्ण रुपमा बन्द गरिने छ। बैकिङ्ग सेवा बन्द भएपनि एटिएम सेवा भने सुचारु राखिने छ । यस्तै अबको निषेधाज्ञालाई कडाईका साथ लागु गरिने भएको छ ।
औषधीजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुल्ला राखिने भएको छ । यसअघिको निषेधाज्ञामा बिहान ५ बजेदेखि ९ र साँझ ५ देखि ७ बजेसम्म खाद्यान्नजन्य सामग्री खरिदको गर्न सकिने समय तोकिएको थियो ।
बैशाख २१ देखि ३१ गतेसम्म जारी भएको निषेधाज्ञा जेठ १५ सम्म थपिएको हो ।
प्रकाशित मिति: १८:२१ बजे, बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












