Kathmandu Press

चिकित्सक संघद्धारा देशभर रेड अर्लट घोषणा

काठमाडौं, वैशाख २८ : नेपाल चिकित्सक संघले देशभर रेड अर्लट घोषणा गरेको छ ।बुधबार एक विज्ञप्ती जारी गर्दै संघले नेपालको स्वास्थ्य क्षेत्र गम्भीर...
चिकित्सक संघद्धारा देशभर रेड अर्लट घोषणा

काठमाडौं, वैशाख २८ : नेपाल चिकित्सक संघले देशभर रेड अर्लट घोषणा गरेको छ ।

बुधबार एक विज्ञप्ती जारी गर्दै संघले नेपालको स्वास्थ्य क्षेत्र गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो । साथै संघले कोरोना महामारीको समयमा सबै एक भएर जुट भई समस्याको सामना गर्न समेत अपिल गरेको छ। 

दैनिक बढ्दो संक्रमितको संख्यालाई नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारले समयमै आवश्यक तयारी नगर्दा अहिले भयावह परिस्थिति सृजना भएको संघको ठहर छ ।

प्रकाशित मिति: १७:५६ बजे, बुधबार, वैशाख २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्