सय बढी बेड भएका अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं, वैशाख २८ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सयभन्दा बढी बेड भएका निजी तथा सामुदायिक अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन...
काठमाडौं, वैशाख २८ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सयभन्दा बढी बेड भएका निजी तथा सामुदायिक अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ।
आजका मितिदेखि १५ दिनभित्र एक सय बेडमाथिका सबै अस्पतालले अक्सिजन प्लान्ट जडान गरी सोको जानकारी स्वास्थ्य मन्त्रालयलाई गराउन मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निर्देशन दिएका हुन् ।
पछिल्लो समय केही ठूला अस्पतालहररुले अक्सिजन अभावमा कोरोनाका नयाँ बिरामी भर्ना नलिने भन्दै धमाधम विज्ञप्ति जारी गर्न थालेपछि मन्त्रालयले अस्पतालहरुलाई अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको हो।
प्रकाशित मिति: १७:४३ बजे, बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











