निषेधाज्ञामा यात्रुसँग दोब्बर भाडा लिने दुई जना पक्राउ
काठमाडौं, वैशाख २८ : यात्रुसँग तोकिएको भन्दा दोब्बर बढि भाडा लिने २ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट...
काठमाडौं, वैशाख २८ : यात्रुसँग तोकिएको भन्दा दोब्बर बढी भाडा लिने २ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यका बाहिरका जिल्ला जाने यात्रुहरुसँग बढी भाडा लिई ठगी गर्नेहरुलाई बुधबार कलंकी र बसपार्कबाट पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
पक्राउ पर्नेमा सप्तकोशी काउण्टर कलंकीमा काम गर्ने बाराका ४१ बर्षिया हृदय नारायण शाह र गंगबुबाट बर्दियाका ३५ बर्षिया कृष्ण चौधरी रहेका छन्।
शाहले ना६ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग तिन गुणासम्म बढि भाडा लिएका हुन् भने चौधरीले ना७ख ४९२० नम्बरको बस मार्फत बर्दिया जाने यात्रुहरुसँग प्रति व्यक्ति पच्चीस सयदेखी तिन हजारसम्म लिने गरेका थिए।
दैनिक बढि भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरुलाई निग्रानी गरि हालसम्म महाशाखाले २८ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको महाशाखाले जनाएको छं।











