Kathmandu Press

चौलागाईंको निधनमा एमालेले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं, वैशाख २९ ः नेकपा एमालेले प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधनमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउन मातहत कमिटीलाई निर्देशन दिएको छ। उनको...
चौलागाईंको निधनमा एमालेले तीन दिन पार्टीको झण्डा आधा झुकाउने


काठमाडौं, वैशाख २९ ः नेकपा एमालेले प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधनमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउन मातहत कमिटीलाई निर्देशन दिएको छ। उनको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयमा शोकपुस्तिका पनि राखिने छ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पार्टी केन्द्रीय कार्यालयको ढोकामा स्व चौलागाईंको तस्बिरमा माल्यार्पण गरी नेताहरुले आज अन्तिम श्रद्धाञ्जलि दिएका छन्। साथै कार्यालयमा शोकपुस्तिकासमेत राखिएको छ।     

पार्टी केन्द्रीय सदस्य चौलागाईंको मंगलबार कोरोना संक्रमणका कारण निधन भएको थियो। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। चौलागाईं दोलखा खबाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनी २०५६ सालको निर्वाचनमा दोलखा १ बाट र  २०७० सालको संविधानसभा निर्वाचनमा  समानुपातिकबाट सांसद भएका थिए।

विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहेका चौलागाईं भद्र, निष्ठावान् र  इमान्दार नेता थिए। चौलागाईंको जन्म २०२० फागुन ५ गते दोलखा जिल्लाको काभ्रे  गाउँमा भएको थियो। उनी हाल मध्यपुरथिमिमा बस्दै आएका थिए।  

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनको निधनबाट शोक वक्तव्य जारी गरी पार्टीले एउटा असल र निष्ठावान् नेतालाई गुमाउन पुगेको जनाउँदै राजनीतिक योगदानलाई सदा पार्टीले सदा स्मरण गर्ने बताएका छन्। पार्टीका नेता माधवकुमार नेपालले पनि शोक वक्तव्य जारी गरी उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएका छन्।
 

प्रकाशित मिति: १६:०१ बजे, बुधबार, वैशाख २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्