‘कोरोना संक्रमितको उपचारमा सरकार गम्भीर देखिएन’
काठमाडौं, वैशाख २९ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचारमा सरकार गम्भीर नभएको आरोप लगाएको छ। कांग्रेस संसदीय दलको कर्यालयले बुधबार विज्ञपित...
काठमाडौं, वैशाख २९ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचारमा सरकार गम्भीर नभएको आरोप लगाएको छ।
कांग्रेस संसदीय दलको कर्यालयले बुधबार विज्ञपित जारी गर्दै विषम परिस्थितिमा स्वास्थ्य सामाग्रीको अभाव हुन नदिइ कोरोना संक्रमितको उपचार गर्नुपर्नेमा सरकार जनताको स्वास्थ्यप्रति गम्भीर नभएको आरोप लगाएको हो ।
‘खरिद गरिएका स्वास्थ्य सामग्री तथा उपकरण जहाज अभावका कारण आयात हुन नसक्दा चीनका विभिन्न विमानस्थलमा अलपत्र छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो विषयमा सरकार गम्भीर हुनुपर्छ । विमानस्थलमा रोकिएका स्वास्थ्य सामग्री र उपकरण अविलम्ब ढुवानीको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौँ ।’
प्रकाशित मिति: १५:४७ बजे, बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











