Kathmandu Press

उपत्यकाका अधिकांश अस्पतालले कोरोनाका बिरामी भर्ना नलिने 

उपत्यकाका अधिकांश अस्पतालले कोरोनाका बिरामी भर्ना नलिने 

काठमाडौं, वैशाख २८ : कोरोना संक्रमितको संख्या बढेसँगै उपत्यकाका अधिकांश अस्पतालहरूले नयाँ बिरामी भर्ना नलिने विज्ञप्ती जारी गर्न थालेका छन्। 

वयोधा अस्पताल, नेपाल मेडिकल कलेज, निदान अस्पताल, ग्रान्डी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, करुण अस्पताल, अल्का अस्पताल, नेपाल मेडिसिटी लगायतका अस्पतालले थप बिरामी भर्ना नलिने भन्दै विज्ञप्ती जारी गरिसकेका छन्।

जसमध्ये केही अस्पतालहरूले सरकार समक्ष अक्सिजन आपूर्तिको समेत माग गरेका छन् भने केही अस्पतालहरूमा वेड र अक्सिजनको अभाव भएको भन्दै थप बिरामी भर्ना नगरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।
 

प्रकाशित मिति: १४:१३ बजे, बुधबार, वैशाख २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्