इजरायलले गर्यो आपतकाल घोषणा
जेरुसलेम, वैशाख २९ : इजरायले मंगलबार दक्षिणपूर्वी जिल्ला तले अभिवको लोड शहरमा आपतकाल घोषणा गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार राती लोड शहरमा...
जेरुसलेम, वैशाख २९ : इजरायले मंगलबार दक्षिणपूर्वी जिल्ला तले अभिवको लोड शहरमा आपतकाल घोषणा गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार राती लोड शहरमा आपतकालीन अवस्थाको घोषणा गरेका हुन्।
इजरायली सेना र प्यालेस्टाइन आतंककारी समुह हामासबीचको लडाइँ झनै तीव्र भएसँगै इजरायली अरबी नागरिकले दंगा गरेपछि इजरायलले मध्य शहर लोडमा आपतकालिन अवस्था घोषणा गरेको हो।
लोडको मेयरले दंगामा कारमा आगो लगाइएको र १२ जना घाइते भएको बताएका छन्।
सोमबार प्यालेस्टाईननी आतंकवादी समुह हामासले इजरायलमा सयौँ रकेट प्रहार गरेपछि जवाफी कारवाहीमा इजरायलले गाजा शहरमा रहेको हामास समुहको एक सय तीस सौनिक अड्डामा हवाई हमला गरेको थियो।
प्रकाशित मिति: १२:४८ बजे, बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












