Kathmandu Press

रुसको एक विद्यालयमा अन्धाधुन्द गोली चल्दा नौ जनाको मृत्यु, २१ घाइते  

मस्को, वैशाख २९ : रुसको दक्षिणपश्चिमी शहर काजानको एक विद्यालयमा १९ वर्षीय युवकले अन्धाधुन्द गोली चलाउँदा नौ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते...
रुसको एक विद्यालयमा अन्धाधुन्द गोली चल्दा नौ जनाको मृत्यु, २१ घाइते  

मस्को, वैशाख २९ : रुसको दक्षिणपश्चिमी शहर काजानको एक विद्यालयमा १९ वर्षीय युवकले अन्धाधुन्द गोली चलाउँदा नौ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन्। 

मंगलबार काजान शहरको एक विद्यालयमा अन्धाधुन्दा गोली चल्दा उक्त हताहती भएको हो।

स्थानीय प्रहरीले उक्त घटनामा संग्लन रहेको एक १९ वर्षीय युवकलाई पक्राउ गरेको छ। 

घटनामा सात बालबालिका साथै एक शिक्षक र कर्मचारीको मुत्यु भएको छ। 

काजानका प्रमुख रुस्तम मिन्निभानोभले मृतकमध्ये १४ देखि १५ वर्ष उमेरका चार युवा र तीन युवती रहेको बताएका छन्। 

स्थानीय अधिकारीका अनुसार कम्तिमा २१ घाइतलाई अस्पताल भर्ना गरिएको छ जसमध्ये १८ बालबालिका रहेको र ६ को स्वास्थ्य अवस्था गम्भिर रहेको  छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरी अधिकारीले बताएका छन्। 
 

प्रकाशित मिति: १२:१८ बजे, बुधबार, वैशाख २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्