प्रनेश गौतमलाई रिहा गर्न अदालतको आदेश
काठमाडौं, असार १ : साइबर अपराधको अभियोगमा पक्राउ परेका प्रनेश गौतमलाई रिहा गर्न अदालतले आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौंले आइतबार गौ....
काठमाडौं, असार १ : साइबर अपराधको अभियोगमा पक्राउ परेका प्रनेश गौतमलाई रिहा गर्न अदालतले आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौंले आइतबार गौतमलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो। ‘वीर विक्रम २’ को व्यंग्यात्मक समीक्षा गरेपछि निर्देशक मिलन चाम्सले दिएको जाहेरीका आधारमा साइबर अपराधको अभियोगमा गौतमलाई प्रहरीले गत जेठ २४ गते पक्राउ गरेको थियो।
गौतमले मेमे नेपाल नामक एक फेसबुक पेजका लागि ‘वीर विक्रम २’ को व्यंग्यात्मक समीक्षा गरेका थिए। यसअघि गौतमविरुद्धको मुद्दामा शुक्रबार नै बहस गर्ने गरी पेशी तोकिएको थियो। तर, सरकारी वकिल उपस्थित नभएपछि बहस भएको थिएन।
प्रकाशित मिति: १८:३६ बजे, आइतबार, असार १, २०७६
थप समाचार






