Kathmandu Press

हावाहुरीसहित चार प्रदेशमा वर्षा, अन्य भेगमा पनि सम्भावना

काठमाडौं, वैशाख २९ : हावाहुरीसहित चार वटा प्रदेशमा आज वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। केही ठाउँमा बिहानैदेखि वर्षा भइरहेको पनि...
हावाहुरीसहित चार प्रदेशमा वर्षा, अन्य भेगमा पनि सम्भावना

काठमाडौं, वैशाख २९ : हावाहुरीसहित चार वटा प्रदेशमा आज वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। केही ठाउँमा बिहानैदेखि वर्षा भइरहेको पनि जनाएको छ। 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी, कर्णाली, गण्डकी र प्रदेश २ का केही भागमा वर्षा भइरहेको जनाएको छ। चारै प्रदेशमा चट्टयाङ, हुरीबताससहित वर्षाको सम्भावना रहेको जनाएको छ। 

त्यस्तै, सुदूरपश्चिम, बाग्मती र प्रदेश १ का केही भू–भागमा आंशिकदेखि सामान्य बदली हुने जनाएको छ। पश्चिमी न्यून चापीय प्रणाली अहिले दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावले वर्षाको सम्भावना रहेको जनाएको छ। 

यस्तो छ तीन दिनको मौसम

वैशाख २९ गते दिउँसोः   प्रदेश १, प्रदेश २ लगायत अन्य पहाडी भूभागहरुमा सामान्य देखि पूर्ण बदली र बाँकी भू(भागहरुमा आंशिक देखि सामान्य बदलि रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र बाग्मती प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  

रातीः देशका अधिकांश भूभागहरुमा सामान्य देखि पुर्ण बदली रहि देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम  वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १, प्रदेश २ र बाग्मति प्रदेशका तराइका भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  

वैशाख ३० गते दिउँसोः  देशभर सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक(दुइ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

रातीः देशका पहाडी भूभागहरुमा सामान्य बदली र बाँकि भूभागहरुमा आंशिक बदली रहि  प्रदेश १ का साथै अन्य पहाडी भूभागका थोरै  स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

वैशाख ३१ गते दिउँसोः प्रदेश १, प्रदेश २ र अन्य पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने छ र बांकी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

रातीः देशका पहाडी भूभागहरुमा सामान्य बदली र बाँकि भूभागहरुमा आंशिक बदली रहि  प्रदेश १ का साथै अन्य पहाडी भूभागका थोरै  स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

प्रकाशित मिति: ०८:०६ बजे, बुधबार, वैशाख २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्