Kathmandu Press

बागलुङमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु

बागलुङ, वैशाख २९ : बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा गएराति ट्याक्सी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। ट्याक्सीमा सवार एक महिला घाइते भएकी...
बागलुङमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु

बागलुङ, वैशाख २९ : बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा गएराति ट्याक्सी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। ट्याक्सीमा सवार एक महिला घाइते भएकी छिन्।

पोखराबाट ढोरपाटन जाँदै गरेको ध १ ज ५२८ नम्बरको ट्याक्सी प्याङ्खोला घुम्तीमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमा प्याङ्खोलाकै ४० वर्षीय जोकबहादुर विक र ट्याक्सी चालक बडिगाड–१ ग्वालीचौरका ३५ वर्षीय ढालबहादुर थापा रहेका छन्।

दुर्घटनामा मृतक विककी श्रीमती रतिमाया घाइते भएकी छिन्। घाइतेलाई उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ। 

प्रकाशित मिति: ०७:०४ बजे, बुधबार, वैशाख २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्