Kathmandu Press

एमाले नेता पशुपति चौलागाईको कोरोनाबाट निधन

काठमाडौं, वैशाख २८ : नेकपा (एमाले)का नेता एवं बागमती प्रदेशका सांसद पशुपति चौलागाईंको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ। उनको मंगलबार साँझ निधन भएको एमाले...
एमाले नेता पशुपति चौलागाईको कोरोनाबाट निधन

काठमाडौं, वैशाख २८ : नेकपा (एमाले)का नेता एवं बागमती प्रदेशका सांसद पशुपति चौलागाईंको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ। 

उनको मंगलबार साँझ निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले बताए। उनलाई केही दिन अघि कोरोना संक्रमण भएको थियो।

स्वास्थ्यमा समस्या आएपछि मनमोहन अस्पतालमा भर्ना भएका थिए। उनको उपचारका क्रममा आज निधन भएको हो। 

उनी गत निर्वाचनमा दोलखा (ख) बाट निर्वाचित भएका थिए। 

चौलागाईं दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका छन् । उनी पहिलो पटक वि.सं. २०५६ सालमा प्रतिनिधिसभामा र  दोस्रो संविधानसभा २०७० मा निर्वाचति भएका थिए ।

प्रकाशित मिति: २२:३० बजे, मंगलबार, वैशाख २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्