मध्यपुर अस्पतालले अब कोरोनाका बिरामी भर्ना नगर्ने
भक्तपुर, वैशाख २८ : भक्तपुरको मध्यपुरथिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीलाई भर्ना नगर्ने जनाएको छ। अस्पतालका निर्देशक डा. रवीना प्रधानाङ्गले आज...
भक्तपुर, वैशाख २८ : भक्तपुरको मध्यपुरथिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीलाई भर्ना नगर्ने जनाएको छ।
अस्पतालका निर्देशक डा. रवीना प्रधानाङ्गले आज विज्ञप्ति जारी गरि मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना लिन नसक्ने जनाएकी छिन्।
अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म कोभिड र अक्सिजन चाहिने अरु बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी दिइएको हो।
अहिले अस्पतालमा उपचार गराइरहेका बिरामीलाई पनि अक्सिजन नहुँदा कठिनाइ आएको अस्पतालका अध्यक्ष विष्णुराज कार्कीले बताए।
प्रकाशित मिति: २२:०९ बजे, मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











