कारलाई ‘एम्बुलेन्स’ बनाएर कोरोना संक्रमित बोक्दै यी युवक
काठमाडौं, वैशाख २८ : कोरोना संक्रमित भएका आफन्तलाई अस्पताल लैजान एम्बुलेन्स नपाएपछि ३३ वर्षीय श्यामकुमार रकजले आफ्नै कारलाई एम्बुलेन्सको रुपमा प्रयोग गरेर अन्य संक्रमितलाई...
काठमाडौं, वैशाख २८ : कोरोना संक्रमित भएका आफन्तलाई अस्पताल लैजान एम्बुलेन्स नपाएपछि ३३ वर्षीय श्यामकुमार रकजले आफ्नै कारलाई एम्बुलेन्सको रुपमा प्रयोग गरेर अन्य संक्रमितलाई अस्पताल पुर्याउन थालेका छन्।
देशभरि कोरोना भाइरसको महामारी तीव्र रुपमा फैलिरहँदा अक्सिजन, भेन्टिलेटर जस्तै एम्बुलेन्सको पनि अभाव खड्किएको छ। यो समस्यालाई केही हदसम्म सहज बनाउन उनले आफ्नो कारलाई निःशुल्क एम्बुलेन्सको रुपमा प्रयोग गरेका छन्। र, कोभिड–१९ लगायत अन्य बिरामीको सहयोगमा जुटेका छन्।
केही दिनअघि रजकका साथीको परिवारका एक सदस्य बिरामी हुँदा अस्पताल लैजान एम्बुलेन्स नपाएकै कारण बिरामी तथा परिवारले निकै सास्ती खेप्नु परेको थियो। अरुले पनि यस्तो समस्या भोग्न नपरोस भनेर आफ्नो कारलाई निःशुल्क एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय लिएको उनी बताउँछन्।
रजक भन्छन्, ‘मेरो साथीको आफन्त एम्बुलेन्स नपाएर एकदमै समस्यामा परेका थिए। त्यसैकारण कोभिड महामारी भर आफ्नो कारलाई नै एम्बुलेन्स बनाउने निर्णय गरेका छु।’
उनी कारमा अक्सिजन राख्ने व्यवस्था गर्न पनि लागेका छन्। उनी भन्छन्, ‘कारमा बिरामीका लागि आवश्यक अक्सिजनको व्यवस्थाको लागि पनि सरोकारवालासँग कुरा गरिरहेका छौँ।’
कोभिड–१९ संक्रमितलाई अस्पताल पुर्याएपछि डिस्इन्फेक्ट गर्नेलगायतका कार्यमा लाग्ने खर्च पनि आफै ब्यहोरी रहेका छन्। निःशुल्क रुपमा बिरामीलाई ल्याउन र लान जिल्ला प्रशासन कार्यालयबाट वैशाख २७ गते सवारी पास लिइसकेको उनले बताए।
रजकले काठमाडौं प्रेससँग भने, ‘मंगलबार बिहान मात्रै पनि एक जना कोभिडको बिरामीलाई भक्तपुर अस्पताल पु¥याइसकेको छु।’ दिउसो पनि उनले एक जना बिरामीलाई मध्यपुर थिमि लगेका पुर्याएका छन्।
उपत्यका भित्र कुनै पनि ठाउँमा बिरामीलाई लान परेमा खबर गर्न उनले आग्रह गरेका छन्। पेशाले प्लाई कारखानामा कार्यरत उनी अहिले महामारीको समयमा भने स्वास्थ्य अभियान्ताको रुपमा लागिरहेका छन्।
कसैलाई पनि आवश्यक परेमा ९८४३२६९५३७ नम्बरमा सम्पर्क गर्न सकिनेछ।












-(86)-1764936079.jpg)