Kathmandu Press

मेडिसिटी अस्पतालले कोरोनाका नयाँ बिरामी भर्ना नलिने

काठमाडौं, वैशाख २८ : नेपाल मेडिसिटी अस्पतालले कोभिडको थप बिरामी भर्ना नलिने भएको छ।मंगलबार विज्ञप्ती जारी गर्दै अस्पतालले अक्सिजनको अभावका कारण कोभिड–१९का जटिल स्थितिका...
मेडिसिटी अस्पतालले कोरोनाका नयाँ बिरामी भर्ना नलिने

काठमाडौं, वैशाख २८ : नेपाल मेडिसिटी अस्पतालले कोभिडको थप बिरामी भर्ना नलिने भएको छ।

मंगलबार विज्ञप्ती जारी गर्दै अस्पतालले अक्सिजनको अभावका कारण कोभिड–१९का जटिल स्थितिका बिरामीहरुको नयाँ भर्ना नलिने जानकारी दिएको हो।

अहिलेको विषम परिस्थितिका कारण सिर्जना भएको अक्सिजन अभाव लगायत अन्‍य समस्याका कारण कोभिड–१९ संक्रमणका जटिल स्थितिका बिरामीहरुको नयाँ भर्ना लिन अस्पताल असमर्थ रहेको र हाल उपचाररत विरामीहरुलाई समेत अक्सिजन अभावमा यस अस्पतालमा उपचार गर्न नसकिने अवस्था निर्माण हुन सक्‍ने विज्ञप्तीमा उल्लेख गरिएको छ।

 

प्रकाशित मिति: १७:४३ बजे, मंगलबार, वैशाख २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्