Kathmandu Press

पूर्व रानी कोमलको स्वास्थ्यमा सुधार

काठमाडौं, वैशाख २८ : पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ। नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि केही...
पूर्व रानी कोमलको स्वास्थ्यमा सुधार

काठमाडौं, वैशाख २८ : पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ। नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि केही दिनदेखि सघन उपचार कक्ष (आइसियू) बाट श्यया सारेर उपचार भइरहेको छ।

अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्व रानीको स्वास्थ्यमा सुधार आएपछि अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको जानकारी दिए। उनका अनुसार पूर्व राजा ज्ञानेन्द्र शाह, रानी कोमल र पूर्व अधिराजकुमारी प्रेरणा शाह कोरोना सङ्क्रमणमुक्त हुन भएका छन्। उनीहरु तीनै जनाको पिसिआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको हो। 

उनीहरु सङ्क्रमित भएपछि अस्पताल भर्ना भएका थिए। अस्पतालले पूर्व रानीको प्लाज्माथेरापी बिधिबाट उपचार थालिएको थियो। यस्तै सङ्क्रमणमुक्त भएपछि पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ।
 

प्रकाशित मिति: १७:१३ बजे, मंगलबार, वैशाख २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्