Kathmandu Press

अक्सिजन सकिएपछि कोरोना संक्रमितलाई डिस्चार्ज गर्दै मेडिकल कलेज

अक्सिजन सप्लाई गर्ने कम्पनीको मेसिन बिग्रिएर तत्काल अक्सिजन उपलब्ध गराउन नसक्ने जानकारी दिएकाले अस्पतालले  बिरामीलाई आफैँ अक्सिजनको व्यवस्था गर्न आग्रह गरेको हो।
अक्सिजन सकिएपछि कोरोना संक्रमितलाई डिस्चार्ज गर्दै मेडिकल कलेज

काठमाडौं, वैशाख २८ : नेपाल मेडिकल कलेजले अस्पतालमा रहेका सबै बिरामीहरुले आफूलाई आवश्यक अक्सिजन आफैँ व्यवस्था गर्न आग्रह गरेको छ।

अक्सिजन सप्लाई गर्ने कम्पनीको मेसिन बिग्रिएर तत्काल अक्सिजन उपलब्ध गराउन नसक्ने जानकारी दिएकाले अस्पतालले  बिरामीलाई आफैँ अक्सिजनको व्यवस्था गर्न आग्रह गरेको हो।

अस्पतालले आफूसँग रहेको अक्सिजन आज बेलुकासम्मका लागि मात्र पुग्ने भन्दै कोरोनाका बिरामीलाई डिस्चार्ज गर्ने जनाएको छ । अक्सिजन अभावमा बिरामी डिस्चार्ज गर्न लागेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गोकर्णेश्वर नगरपालिका र महानगरीय प्रहरी वृत्त बौद्धलाई समेत दिइएको अस्पतालले जनाएको छ । 

यस्तै अक्सिजनको अभावकै कारण बिरामीहरुलाई पनि डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: १७:०२ बजे, मंगलबार, वैशाख २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्