कञ्चनपुरमा कोरोनाबाट थप ११ जनाको मृत्यु
कञ्चनपुर, वैशाख २८ : कञ्चनपुरमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। यहाँस्थित महाकाली अस्पतालमा उपचाररत् उनीहरुको मृत्यु भएको अस्पतालका...
कञ्चनपुर, वैशाख २८ : कञ्चनपुरमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। यहाँस्थित महाकाली अस्पतालमा उपचाररत् उनीहरुको मृत्यु भएको अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले जानकारी दिए।
उनका अनुसार अस्पतालमा अहिले सङक्रमणको लक्षणसहित ८९ को उपचार भइरहेको छ। ‘अक्सिजनका भरमा सङक्रमितको उपचार भइरहेको भएपनि पूर्ण रुपमा आपूर्ती हुन सकिरहेको छैन ।’ उनले भने, ‘अक्सिजन बाहेक अन्य विकल्पमा पनि सङ्क्रमितले सोच्नुपर्ने बेला आएको छ ।’
अन्य बिधिबाट पनि अक्सिजनको स्तर सामान्य अवस्थामा आउने जनाउँदै उहाँले उपचारमा रहेका सङ्क्रमितले आत्मबल उच्च राख्नुपर्नेमा जोड दिए। जिल्लामा दैनिक रुपमा सङ्क्रमितको मृत्यु भइरहेको छ भने संक्रमितको सङ्ख्या पनि वृद्धि हुँदै गइरहेको छ।
प्रकाशित मिति: १६:३३ बजे, मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











