Kathmandu Press

योगेशको प्रस्तावः गुठी विधेयक स्थगित गराैं, नयाँ शिराबाट अघि बढौं

काठमाडौं, असार १ : नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य एवं सांसद योगेश भट्टराईले सरकारले संसदमा दर्ता गराएको गुठी विधेयक स्थगित गर्न प्र....

योगेशको प्रस्तावः गुठी विधेयक स्थगित गराैं, नयाँ शिराबाट अघि बढौं

काठमाडौं, असार १ : नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य एवं सांसद योगेश भट्टराईले सरकारले संसदमा दर्ता गराएको गुठी विधेयक स्थगित गर्न प्रस्ताव गरेका छन्।

भट्टराईले गुठी विधेयकबारे बुझाउनु पर्नेले बुझाउन नसकेको र बुझ्नु पर्नेले बुझ्न कोशिस नगरेकाले विधेयक स्थगित गर्न प्रस्ताव गरेका हुन्। 

ट्वीटरमा ट्वीट गर्दै उनले भनेका छन्–आगोमा रोटी सेक्न अबाञ्छित पनि मिसिए र साम्प्रदायिक सद्भावमाथि धावा बोल्न थाले। प्रधानमन्त्री स्वेदेश फर्कनु भयो। अब यो विधेयकलाई स्थगित गरी नयाँ शिराबाट अघि बढ्नु नै उपयुक्त होला। प्रधानमन्त्रीज्यू!

प्रकाशित मिति: १७:३१ बजे, आइतबार, असार १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्