इजरायलद्धारा प्यालेस्टाइनको गाजा शहरमा हवाई हमला, १५ जनाको मृत्यु
जेरुसलेम, वैशाख २८ : इजरायले मंगलबार प्यालेस्टाइनको गाजा शहरमा हवाई हमला गर्दा १५ जनाको मृत्यु भएको छ।प्यालेटाइनी इस्लामिक समुह हामासले सोमबार इजरायलमा रकेट हमला...
जेरुसलेम, वैशाख २८ : इजरायले मंगलबार प्यालेस्टाइनको गाजा शहरमा हवाई हमला गर्दा १५ जनाको मृत्यु भएको छ।
प्यालेटाइनी इस्लामिक समुह हामासले सोमबार इजरायलमा रकेट हमला गरेपछि जवाफी करवाहीमा इजरायलले हवाई हमला गर्दा १५ जनाको मृत्यु भएको हो।
इजरायली सेनाले हामास समुहको एक सय तीस सैनिक अड्डामा हमला गरेको र उत्तm हमलामा परी हामास र स्लामिक जिहाद समुहको १५ सदस्य मारिएको बताएको छ।
'हामीले हमास समुहका अधिकांश एक सय तीस सैन्य अड्डामा हवाई हमला गरेका छौं,’ इजरायली सेनाका प्रवक्ता जोनाथन कोन्रिकसले भने, ‘हाम्रो हालको अनुमान अनुसार हामीले १५ हमास र इस्लामिक जिहादका कार्यकर्ताको मृत्यु भएको छ ।’
प्यालेस्टाइनी अधिकारीहरूले इजरायली हवाई हमलापछि गाजामा २१ जनाको मृत्यु भएको बताएका छन्।
इजरायलले बताएको मृतकको संख्या प्यालेस्टाइनी अधिकारीले बताएको संख्यामा समावेश छ वा छैन भन्ने कुरा अस्पष्ट रहेको छ।प्यालेस्टाइनी अधिकारीहरूले इजरायली हवाई हमलामा प्राय बलबालिकाहरु मारिएको बताएका छन्।












