Kathmandu Press

गंगा नदी किनारमा भेटियो ४० शव, कोरोनाका कारण मृत्यु भएकाकाे हुनसक्ने

नयाँ दिल्ली, वैशाख २८ : भारतको विहारको बक्सर जिल्लामा गंगा नदी किनारमा ४० शव भेटिएको छ। बिहार र उत्तर प्रदेशको सिमाना नजिक रहको...
गंगा नदी किनारमा भेटियो ४० शव, कोरोनाका कारण मृत्यु भएकाकाे हुनसक्ने

नयाँ दिल्ली, वैशाख २८ : भारतको विहारको बक्सर जिल्लामा गंगा नदी किनारमा ४० शव भेटिएको छ। बिहार र उत्तर प्रदेशको सिमाना नजिक रहको बक्सरको गंगा नदी किनारमा सोमबार बगाएर ल्याएको अवस्थामा ४० शव फेला परेको हो।

बक्सरका जिल्ला अधिकारी अशोक कुमारले गंगा नदीले बगाएर लाएको अवस्थामा ४० शव भेटिएको पुष्टि गरेका छन् । उनले सो शब कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको हुनसक्ने आशंका गरे ।

‘सामान्य दिनमा गंगा नदि किनारमा दुई–तीन शव भेटिन्थ्यो । तर, यति धेरै शव एकै भेटिएको पहिलो घटना हो । त्यसैले यी शब कोरोनाका कारण मृत्यु भएकाहरुको हुनसक्छ,’ जिल्ला अधिकारी अशोक कुमारले भने।

नदी किरानामा एकैपटक ठूलो मात्रा शव भेटिएपछि स्थानीयमा नदीको पानीबाट कोरोना सर्ने त्रास फैलिएको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

 

 

प्रकाशित मिति: १५:१५ बजे, मंगलबार, वैशाख २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्