Kathmandu Press

लहानस्थित सिग्राही मटियर्वामा लुटपाट

लहान, वैशाख २८ : सिरहाको लहान नगरपालिका–१ सिग्राही मटियर्वास्थित इन्द्रदेव ठाकुरको घरबाट ठूलो परिमाणमा धनमाल लुटपाट भएको छ। मध्यरातमा सात÷आठ जनाको समूहमा आएका लुटेरा...
लहानस्थित सिग्राही मटियर्वामा लुटपाट

लहान, वैशाख २८ : सिरहाको लहान नगरपालिका–१ सिग्राही मटियर्वास्थित इन्द्रदेव ठाकुरको घरबाट ठूलो परिमाणमा धनमाल लुटपाट भएको छ। मध्यरातमा सात÷आठ जनाको समूहमा आएका लुटेरा समूहले नगद ६ लाख र गरगहनासमेत गरी करीब १० लाख रुपैयाँ मूल्य बराबरको धनमाल लुटेर लगेको पीडित परिवारले बताएको छ।

लुटेराहरू भ¥याङको सहायताले छत हुँदै घरमा प्रवेश गरेको र आफ्ना दुई छोराको कञ्चटमा पेस्तोल राखी दराजको साँचो खोसेर नगद ६ लाख र छोरी–बुहारीले लगाएको २ तोला जति सुन र २० तोला चाँदी लुटेर लगेको ठाकुरले जानकारी दिए। लुटेराले घरका सबै सदस्यको मोबाइल कब्जामा लिएका थिए। केही बोले मारिदिने धम्की दिएको र समयमा प्रहरीलाई खबर गर्न नसकिएको ठाकुरको भनाइ छ।

लुटेराहरू गइसकेपछि मात्रै घटनाबारे छिमेकी र प्रहरीलाई जानकारी गराएको उनले बताए। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा. तपनकुमार दाहालले जानकारी दिए। लुटपाटमा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस

    

प्रकाशित मिति: १४:१६ बजे, मंगलबार, वैशाख २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्