Kathmandu Press

सगरमाथा आधार शिविरमा मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं, असार १ : पहिलो पटक सगरमाथा आधार शिविरमा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ। भारतीय दूतावासको आयोजनामा सामुद्रिक सतहदेखि १७ हजार ६ सय फि....

सगरमाथा आधार शिविरमा मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं, असार १ : पहिलो पटक सगरमाथा आधार शिविरमा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ। भारतीय दूतावासको आयोजनामा सामुद्रिक सतहदेखि १७ हजार ६ सय फिट उचाइमा रहेको सगरमाथा आधार शिविरमा पहिलो पटक योग दिवस मनाइएको हो।

आधार शिविरमा भारत गुजरातका भारत शर्मा र अन्य पर्वतारोहीले योग अभ्यास गरेका थिए। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी लगायत भारतीय दूतावासका पदाधिकारी सहभागी भएको नेपालस्थित भारतीय दूवातासले जनाएको छ।

कार्यक्रमको उद्देश्य मानिसको दैनिक जीवनमा योगको महत्व उजागर गर्नुका साथै समस्त मानव जीवनमा शान्ति तथा सामञ्जस्य स्थापना गर्नु रहेको दूतावासले जनाएको छ।


 

 

प्रकाशित मिति: १७:०८ बजे, आइतबार, असार १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्