Kathmandu Press

कांग्रेसको महाधिवेशन आउँदो चैतभित्रै हुनुपर्छ : पौडेल

चितवन, असार  १ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउँदो चैतभित्रमा पार्टीको महाधिवेशन हुनु पर्ने बताएका छन्। 

....

कांग्रेसको महाधिवेशन आउँदो चैतभित्रै हुनुपर्छ : पौडेल

चितवन, असार  १ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउँदो चैतभित्रमा पार्टीको महाधिवेशन हुनु पर्ने बताएका छन्। 

चितवनको भरतपुरमा आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै पौडेलले महाधिवेशन नियमित मितिमै हुनु पर्ने बताएका हुन्। पार्टीको चार वर्षको कार्यकाल भएकाले नियमित ढंगबाट महाधिवेशन गर्ने कुरालाई आलटाल गर्न नहुने पौडेलको भनाइ छ।

‘अस्ति हामीले सभापतिलाई भेटेर भन्यौ, अब महाधिवेशनको प्रक्रिया शुरु गर्नुपर्छ तर कामको छाँटकाट भने छैन,’ उनले भने। पार्टीको मुहानका रुपमा रहेको नेपाल विद्यार्थी संघको महाधिवेशन नगरेर भंग गर्ने काम गरिएकोमा पौडेलले आपत्ति जनाए। पार्टीको जागरण अभियान प्रचारात्मक भए पनि संगठनात्मक रुपमा केही हुन नसकेको उल्लेख गर्दै  पौडेलले भने,‘जागरण अभियान प्रचारात्मक भयो, कार्यकर्ता चलायमान भए तर संगठनात्मक रुपमा केही पनि भएन।’

फरक प्रसँगमा पौडेलले गुठी विधेयक सरोकारवालासँग छलफल नगरी ल्याइएकाले यसले संस्कृति तथा  परम्परालाई असर पु¥याउने बताए। उनले सरकारले एकपछि अर्को गर्दै गल्ती गरिरहेको आरोप लगाए। ‘सरकारलाई गलत कार्यबाट रोक्ने काम हाम्रो हो, जनताको विरोध हुँदाहुँदै आएका विधेयक कांग्रेसले पारित हुन दिँदैन,’ उनले भने।

प्रकाशित मिति: १६:४७ बजे, आइतबार, असार १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्