Kathmandu Press

म्यानमारबाट भागेका पत्रकारलाई थाइल्याण्डमा मुद्दा 

काठमाडौं, वैशाख २८ : म्यानमारबाट भागेका तीन पत्रकार र दुई अधिकारवादीलाई थाइल्याण्डमा मुद्दा चलाइएको छ। म्यानमारबाट भागेर अवैध रूपमा थाइल्याण्ड प्रवेश गरेको आरोपमा थाइल्याण्ड सरकारले...
म्यानमारबाट भागेका पत्रकारलाई थाइल्याण्डमा मुद्दा 

काठमाडौं, वैशाख २८ : म्यानमारबाट भागेका तीन पत्रकार र दुई अधिकारवादीलाई थाइल्याण्डमा मुद्दा चलाइएको छ। 

म्यानमारबाट भागेर अवैध रूपमा थाइल्याण्ड प्रवेश गरेको आरोपमा थाइल्याण्ड सरकारले उनीहरुविरुद्ध मुद्दा चलाएको हो। 

थाइल्याण्डको च्याङ माई शहरमा अवैध रुपमा प्रवेश गरिरहेको अवस्थामा सिमा प्रहरीले पत्रकार र अधिकारवादीलाई पक्राउ गरेको थियो।

थाइल्याण्ड सरकारले मुद्दा चलाएका आरोपितमध्ये तीन पत्रकार डेमोक्रेटिक भ्वाइस अफ बर्मा (डिभिबि) का पत्रकार र दुई जना अधिकारवादी रहेको अधिकारीले बताएका छन्। 

आरोपित पत्रकार र अधिकारवादीले म्यानमारमा आफ्नो ज्यान खतरामा रहेको बताएका छन्। यदि आरोपितहरु दोषी पाइएमा तिनीहरूलाई म्यानमार फिर्ता पठाइने सम्भावना रहेको अधिकारीले बताएका छन्। 

गत फेब्रुअरीमा सैनिक ‘कू’ लाुग भएदेखि दर्जनौं पत्रकारहरू म्यानमारमा पक्राउ परेका छन्। म्यानमारमा सैनिकले सात सय भन्दा बढी मानिको हत्या गर्नुको साथै हजारौँलाई पक्राउ गरेको छ। 

प्रकाशित मिति: ११:३९ बजे, मंगलबार, वैशाख २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्