Kathmandu Press

बाझोपनको डरले कंगोमा पाँच हजारले मात्र लगाए कोरोनाविरुद्धको खोप 

किन्शासा, वैशाख २८ : अफ्रिका महाद्विपको दोस्रो ठूलो राष्ट्र कंगोमा बाझोपनको डरले पाँच हजारले मात्र कोरोनाविरुद्धको खोप लागाएका छन्। नौ करोड जनसंख्या भएको लोकतान्त्रिक गणतन्त्र...
बाझोपनको डरले कंगोमा पाँच हजारले मात्र लगाए कोरोनाविरुद्धको खोप 

किन्शासा, वैशाख २८ : अफ्रिका महाद्विपको दोस्रो ठूलो राष्ट्र कंगोमा बाझोपनको डरले पाँच हजारले मात्र कोरोनाविरुद्धको खोप लागाएका छन्। 

नौ करोड जनसंख्या भएको लोकतान्त्रिक गणतन्त्र कंगोमा बाझोपन र खोप नक्कली हो भन्ने डरका कारण पाँच हजारले मात्र कोरोना विरुद्धको खोप लगाएका हुन्।  

कंगोको स्वास्थ्य मन्त्रालयले मानिसहरु कोरोनाविरुद्धको खोप नक्कली हो भन्ने सोच्छन् र खोप लगाएमा बाझोपनको समस्या देखापर्छ भन्ने डरले नलगाउने गरेको बताएको छ।

कंगोको जनताले खोप प्रणाली र सरकारमा विश्वास गर्न सकिरहेका छैनन् । इबोला र दादुरा जस्ता धेरै घातक रोगहरूभन्दा कोभिड–१९ त्यति घातक नभएको जनताको बुझाइ रहेको स्वास्थ्य अधिकरिले बताए । 

कंगोमा हालसम्म कोरोना संक्रमितको संख्या तीस हजार तीन सय पचाँस छ भने मृत्यु हुनेको संख्या सात सय ७२ छ। त्यस्तै, कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६ हजार चार सय ३४ छ। 

प्रकाशित मिति: ११:२८ बजे, मंगलबार, वैशाख २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्