Kathmandu Press

पाँच करोडको लागतमा वडा प्रहरी भवन निर्माण सुरु

हेटौँडा, वैशाख २८ : हेटौँडास्थित हेटौँडा–४ हुप्राचौरमा वडा प्रहरी कार्यालयको भवन निर्माण सुरु भएको छ।प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको चालु आर्थिक वर्ष...
पाँच करोडको लागतमा वडा प्रहरी भवन निर्माण सुरु

हेटौँडा, वैशाख २८ : हेटौँडास्थित हेटौँडा–४ हुप्राचौरमा वडा प्रहरी कार्यालयको भवन निर्माण सुरु भएको छ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको चालु आर्थिक वर्ष २०७७/७८ मा रु ४० लाख ७४ हजार लागतमा भवन निर्माण शुरु भएको हो।

यस वर्षदेखि भवन निमार्ण शुरु गरिएको भए पनि पाँच करोड ६० लाख रुपैयाँको लागतमा पाँचतले भवन निमार्ण गरिने योजना छ। बाँकी रकम आगामी वर्ष पनि बजेट थप गरेर निमार्ण सम्पन्न गरिने बताइएको छ।

आम नागरिकको सुरक्षा गर्ने प्रहरीलाई भाडाको घरमा राख्न हुन्न भनेर नगर विकासको नाममा रहेको जग्गा सहयोग गरेर मन्त्रालयको आर्थिक सहयोगमा भवन निर्माण सुरु भएको नगरप्रमुख हरिबहादुर महतले जानकारी दिए। 
 

प्रकाशित मिति: ११:१४ बजे, मंगलबार, वैशाख २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्