Kathmandu Press

भारतबाट अवैधरूपमा काठ काटेर ल्याउने छ जना पक्राउ

कञ्चनपुर, वैशाख २८ : निशेषाज्ञाको उल्लङ्घन गरी भारतबाट सालको काठ काटेर ल्याउने कार्यमा संलग्न छ जनालाई सशस्त्र प्रहरीले गए राति भीमदत्त नगरपालिकाको ब्रम्हदेव क्षेत्रबाट...
भारतबाट अवैधरूपमा काठ काटेर ल्याउने छ जना पक्राउ

कञ्चनपुर, वैशाख २८ : निशेषाज्ञाको उल्लङ्घन गरी भारतबाट सालको काठ काटेर ल्याउने कार्यमा संलग्न छ जनालाई सशस्त्र प्रहरीले गए राति भीमदत्त नगरपालिकाको ब्रम्हदेव क्षेत्रबाट पक्राउ गरेको छ।

पैदल गस्तीमा रहेको सशस्त्र प्रहरीले सीमा इलाकामा गस्ती गर्ने क्रममा ६० हजार रुपैयाँ मूल्य बराबरको सालको काठसहित छ जनालाई पक्राउ गरेको हो।

काठसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए।

काठसहित पक्राउ परेकाहरुको नाम भने सशस्त्र प्रहरीले सार्वजनिक गरेको छैन।यसैगरी सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको पाँच लाख ३४ हजार ७८० रुपैयाँ बराबरको अवैध सामानसमेत बरामद गरेको छ। बरामद सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ।
 

प्रकाशित मिति: ११:०७ बजे, मंगलबार, वैशाख २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्