Kathmandu Press

राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेसँगै अमेरिकामा सरकारी खर्च खुल्यो

वासिङ्टन, माघ १२- अमेरिकामा लामो समयसम्म गतिरोध रहेको भनिएको सरकारी खर्चसम्बन्धी विवाद अहिलेका लागि अन्त्य भएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्....

राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेसँगै अमेरिकामा सरकारी खर्च खुल्यो

वासिङ्टन, माघ १२- अमेरिकामा लामो समयसम्म गतिरोध रहेको भनिएको सरकारी खर्चसम्बन्धी विवाद अहिलेका लागि अन्त्य भएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन् । जसका कारण यहाँको बजेटसम्बन्धी गतिरोध हालका निम्ति अन्त्य भएको हो । 

Hardik ivf

अमेरिकी इतिहासकै सबभन्दा लामो समयसम्म सरकारी खर्चका लागि समस्या उत्पन्न भएको थियो । त्यसको अन्त्य गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प सहमत भएपछि आगामी तीन हप्ताका लागि बाटो खुलेको समाचारमा जनाइएको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी विधेयकमा शुक्रबार अबेरतिर हस्ताक्षर गरे। उनले सरकारी खर्चका लागि आगामी फेब्रुअरी १५ सम्म खर्च गर्न पाउनेगरी सो विधेयकमा हस्ताक्षर गरेका हुन्।  

मेक्सिकोसँगको सीमानामा पर्खाल बनाउने बजेटको व्यवस्था गर्नुपर्ने भन्दै उनले अमेरिकी सिनेटसँग आफ्नो माग राख्दै आएका छन्। तर हिजो पारित गरिएको सो विधेयकमा पनि उनको सो मागबारे भने केही उल्लेख छैन । 

संसदले पनि यस विषयमा बजेट दिने बारेमा कुनै पनि सहमति गरेको छैन । तैपनि फेडरल सरकारलाई खर्चका लागि निकै समस्या उत्पन्न भएपछि उनले यो विधेयक जारी गरे।  

यसअघि राष्ट्रपति ट्रम्पले संसदले सीमा पर्खालका लागि करिब पौने ६ अर्ब अमेरिकी डलर बजेट दिनुपर्ने अडान राखेका थिए।

प्रकाशित मिति: १९:०७ बजे, शनिबार, माघ १२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्