Kathmandu Press

भारतमा घट्न थाले कोरोना संक्रमित, मृत्युदर भने वढ्दैं 

काठमाडौं, वैशाख २८ : दोस्रो लहरको संक्रमणको  ‘हटस्पट’ बनेको भारतमा पछिल्लो २४ घण्टामा संक्रमितहरु पछिल्ला दिनको तुलनामा केही कमी आएको छ ।लगातार ४...
भारतमा घट्न थाले कोरोना संक्रमित, मृत्युदर भने वढ्दैं 

काठमाडौं, वैशाख २८ : दोस्रो लहरको संक्रमणको  ‘हटस्पट’ बनेको भारतमा पछिल्लो २४ घण्टामा संक्रमितहरु पछिल्ला दिनको तुलनामा केही कमी आएको छ ।

लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख २९ हजार ५१७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड २९ लाख ९१ हजार ९२७ पुगेको छ ।

Hardik ivf

भारतमा हालसम्म १ करोड ९० लाख २१ हजार २०७ जनाले कोरोना जितिसकेका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख २० हजार ६९५ छ । संक्रमितको संख्या केहि घटेपनि मृतकको संख्या भने वढिरहेको छ ।

त्यहाँ एकैदिन ३८ सय ७९ संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ५० हजार २५ पुगेको छ । 

प्रकाशित मिति: ०७:३८ बजे, मंगलबार, वैशाख २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्