कोरोनाबाट सुदूरपश्चिममा एकै दिन १७ जनाको मृत्यु
कैलाली, वैशाख २७ : कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिममा थप १७ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा कैलाली, कञ्चनपुर, बाजुरा, डोटी...
कैलाली, वैशाख २७ : कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिममा थप १७ जनाको मृत्यु भएको छ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा कैलाली, कञ्चनपुर, बाजुरा, डोटी र बैतडीका गरी १७ जनाको मृत्यु भएको हो। कोरोनाबाट मृत्यु हुनेमा कैलालीका आठ, कञ्चनपुरका पाँच, बाजुराका दुई तथा डोटी र बैतडीका एक–एक जना रहेका छन्।
पछिल्लो २४ घण्टामा थप ६ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो समयमा सुदूरपश्चिममा संक्रमण बढ्दै गएको छ। संक्रमितको संख्या बढ्दा अस्पतालमा उपचार अभाव हुन थालेको छ।
प्रकाशित मिति: १९:५९ बजे, सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











