Kathmandu Press

निर्माण आयोजनाका अक्सिजन सिलिण्डर अस्पताललाई दिन आव्हान

काठमाडौं, वैशाख २७ : नेपाल निर्माण व्यवसायी महासंघले निर्माण आयोजनामा उपयोग भएका अक्सिजन सिलिण्डर नजिकका अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । महासंघले...
निर्माण आयोजनाका अक्सिजन सिलिण्डर अस्पताललाई दिन आव्हान

काठमाडौं, वैशाख २७ : नेपाल निर्माण व्यवसायी महासंघले निर्माण आयोजनामा उपयोग भएका अक्सिजन सिलिण्डर नजिकका अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । महासंघले विज्ञप्ति जारी गरी यस विषम परिस्थितिमा पुल, हाईड्रो, ट्रष्ट, स्टीललगायतका निर्माण कार्य गर्दा वेल्डिङका लागि प्रयोग गर्न मौज्दात राखिएका अक्सिजन सिलिण्डर अस्पताललाई दिन आग्रह गरेको हो।

महासंघले आफूसँग भएका सिलिडन्डरको लगत राखी सम्बन्धित स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार मार्फत् नजिकका अस्पताललाई तत्काल उपलब्ध गराउन आह्वान गरेको छ । विषयम परिस्थितिमा सहयोग गर्न आफू मातहतका सम्पूर्ण सदस्य, प्रदेश महासंघ, जिल्ला संघ, एसोसिएट सदस्य तथा वस्तुगत संघलाई महासंघले अपिल गरेको छ ।

देशभर हाल सञ्चालित साढे छ हजार परियोजनामध्ये लगभग दुई हजारमा अक्सिजन सिलिण्डरको प्रयोग भएको छ ।  ती सिलिण्डर कोभिड संक्रमितको उपचारमा प्रयोग गर्न सकिए मानवीय क्षति केही कम गर्न सकिने भन्दै महासंघले यस्तो आव्हान गरेको हो।

‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरबाट देशभर संक्रमित भएका बिरामीको उपचारको क्रममा हाल देखिएको अक्सिजनको चरम अभावका कारण धेरैको ज्यान समेत गइरहेको छ । यस खबरबाट महासंघ मर्माहत भई यस्तो निर्णय गरिएको हो,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 

प्रकाशित मिति: १८:२७ बजे, सोमबार, वैशाख २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्