आइसोलसन सञ्चालनका लागि महानगर र नरदेवी आयुर्वेदिक अस्पतालबीच सम्झौता
काठमाडौं, वैशाख २७ : नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहितको एचडीयु ९हाइ डिफिसेन्सि युनिट० सेवा र आइसोलेसन केन्द्र केन्द्र सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले अनुदान सहयोग...
काठमाडौं, वैशाख २७ : नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहितको एचडीयु ९हाइ डिफिसेन्सि युनिट० सेवा र आइसोलेसन केन्द्र केन्द्र सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले अनुदान सहयोग गर्ने भएको छ।
उपचारकै अभावमा नागरिकले मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यले आइसोलेसन सञ्चालनका लागि महानगर र नरदेवी आयुर्वेदिक अस्पतालबीच सम्झौता भएको हो।
सम्झौता अनुसार अस्पतालले आफूसँग रहेका भौतिक पूर्वाधार, मौजुदा जनशक्ति र अन्य साधन स्रोतको उपयोग गरेर अक्सिजनसहितको एचडीयु (हाइ डिफिसेन्सी युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन गर्नेछ । त्यसका लागि महानगरले आवश्यक खर्च अनुदानका रुपमा उपलब्ध गराउनेछ।
एचडीयु सेवा र आइसोलेसन केन्द्र चलाउन पाइपलाइनसहितको अक्सिजन वितरण प्रणाली विकास गर्ने, अस्पतालको मर्मत सम्भार तथा रंग रोगन गर्ने, आवश्यक थप जनशक्ति व्यवस्था गर्नेजस्ता पूर्वाधार तयार गरेर जेठ १ गतेबाट सञ्चालनमा ल्याइनेछ । यस्तै उपचारमा खटिएका जनशक्तिहरुलाई प्रोत्साहन भत्ता, बिरामीहरुका लागि खाना खाजालगायतका खर्च महानगरको अनुदान रकमबाट नै खर्च गरिनेछ। ।
पहिलो चरणमा ५० बेडबाट अक्सिजनसहितको आइसोलेसन सेवा सुरु गरेर यसलाई विस्तार गर्दै लैजाने सहमति पत्रमा उल्लेख छ। आइसोलेसनको व्यवस्थापनका लागि दुवै पक्षबाट २÷२ जना प्रतिनिधि रहने आइसोलेसन व्यवस्थापन समिति गठन गरिनेछ ।











