Kathmandu Press

वाइडबडीबारे प्रधानमन्त्री ओलीले भने–छानविन हुँदैछ, धेरै केही नबोलौं!

काठमाडौं, असार १ : प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिदमा भएको भनिएको भ्रष्टाचारबारे छानविन भइरहेको र दोषी जो सुकै भएपनि उम्किन नपाउने बता....

वाइडबडीबारे प्रधानमन्त्री ओलीले भने–छानविन हुँदैछ, धेरै केही नबोलौं!

काठमाडौं, असार १ : प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिदमा भएको भनिएको भ्रष्टाचारबारे छानविन भइरहेको र दोषी जो सुकै भएपनि उम्किन नपाउने बताएका छन्। 

युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले भने– वाइडबडी खरिदमा भएको भनिएको भ्रष्टाचारबारे छानविन हुँदैछ। छानविन भइरहेका कुरामा धेरै केही नबोलौँ।’

उनले अब गैर जवाफदेहीपाराले फलानो भ्रष्टाचार, फलानोले खायो भन्न नमिल्ने बताए। उनले भने,‘ गैर जवाफदेहीपाराले फलानो भ्रष्टाचार, फलानोले खायो भन्दिन मिल्छ। तर मैले परिणाम नआइकन कसैको बारेमा भन्न मिल्दैन।’

उनले वाइडबडी प्रकरणमा जोकोही दोषी ठहरिएपनि उम्किन नपाउने बताए। उनले वाइडबडी उडाउने पहिले तयारी नभएको भन्दै अब विस्तारै उड्ने बताए।

‘अहिलेसम्म उडेन। किनभने पहिले त तयारी नै भएको थिएन त्यसको। अब बिस्तारै उड्छ,’ प्रधानमन्त्री ओलीले भने,‘अब सरकारको त्यसमा ध्यान गएको  छ।’
 

प्रकाशित मिति: १५:५२ बजे, आइतबार, असार १, २०७६