Kathmandu Press

अफगानिस्तानमा यात्रु बोकेको बसमा बम विस्फोट, ११को मुत्यु, २५ घाइते

काबुल, वैशाख २७ : अफगानस्तानको दक्षिणी प्रान्त जाबुलमा यात्रु बोकेको बसमा बम विस्फोट भएको छ।  आइतबार राति भएको सो विस्फोटमा ११ जनाको मृत्यु...
अफगानिस्तानमा यात्रु बोकेको बसमा बम विस्फोट, ११को मुत्यु, २५ घाइते

काबुल, वैशाख २७ : अफगानस्तानको दक्षिणी प्रान्त जाबुलमा यात्रु बोकेको बसमा बम विस्फोट भएको छ।  आइतबार राति भएको सो विस्फोटमा ११ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

जाबुलका प्रान्तीय गभर्नरका प्रवक्ता गुल इस्लाम सियालका अनुसार विस्फोटमा घाइते भएकाहरुको अवस्था गम्भीर छ। अमेरिकाले सेप्टेम्बर ११ सम्म अफगानस्तानबाट आफ्नो सेना फिर्ता लिने घोषणा गरेपछि देशमा हिंसाको घटना बढे्को प्रवत्ता सियालले बताए।

आइतवार तालिबान आतंकवादी समुहले यो साताको अन्तमा परेको पर्व ईद अल फितरको अवसरमा तीन दिन युद्धविरामको घोषणा गरेको थियो ।

प्रकाशित मिति: १५:१० बजे, सोमबार, वैशाख २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्