Kathmandu Press

लोकसेवा आयोगले संविधान उल्लंघनको कल्पनासम्म गर्न सक्दैन: मैनाली

काठमाडौं, असार १ : लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसा मैनालीले आयोगले संविधान र प्रचलित कानूनको उल्लंघन गर्ने कल्पनासमेत गर्न नसक्ने बताएका छन्। 

आयोगको ६९ औँ वार्षिकोत्सव समारोहलाई आइतबार सम्बोधन गर्दै मैनालीले आयोगले संविधान, कानून र स्थापित परम्पराअनुरुप आयोगले गरेको स्थानीय तहको विज्ञापनमा विनाकारण प्रश्न उठाइएको बताए। उनले भने,‘विज्ञापन संविधान र कानून अनुसार नै गरिएको हो। संवैधानिक अङ्गले संविधान र प्रचलित कानूनको उल्लंघन गर्ने कल्पनासमेत गर्न सक्दैन।’

मैनालीले झण्डै सात दशकको यात्रामा पार गरेर आएको आयोगको जनविश्वासको जगलाई कमजोर पार्ने प्रयास भएको बताए। उनले योग्यता, निष्पक्षता र स्वच्छताको मूल मर्मलाई आत्मसात् गरेर काम गर्न शान्त, स्वच्छ र दबाबरहित वातावरण जरुरी रहेको बताए।

उनले आयोगले ७७ वटै जिल्लामा आयोगले अनलाइन दर्खास्त दिन र उम्मेदवारको जनुसुकै बैंक खातामा रहेको रकम इन्टरनल बैंक पेमेन्ट प्रणालीको प्रयोग गरी आयोगको राजस्व खातामा पुग्ने व्यवस्था मिलाइएको बताए।
 
प्रकाशित मिति: १५:३९ बजे, आइतबार, असार १, २०७६