Kathmandu Press

कोलोराडोमा बन्दुकधारीले अन्धाधुन्द गाली चलाउँदा ६ को मुत्यु

वासिङटन, वैशाख २७ : अमेरिकाको कोलोराडो राज्यको कोलोराडो स्प्रिङमा एक बन्धुकधारीले अन्धाधुन्द गोली चलाउँदा ६ जनाको मुत्यु भएको छ। आइतबार कोलोराडो स्प्रिङमा रहेको...
कोलोराडोमा बन्दुकधारीले अन्धाधुन्द गाली चलाउँदा ६ को मुत्यु

वासिङटन, वैशाख २७ : अमेरिकाको कोलोराडो राज्यको कोलोराडो स्प्रिङमा एक बन्धुकधारीले अन्धाधुन्द गोली चलाउँदा ६ जनाको मुत्यु भएको छ। आइतबार कोलोराडो स्प्रिङमा रहेको मोबाइल होम पार्कमा ‘बर्थ डे पार्टी’मा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा ६ जनाको मृत्यु भएको हो।

पार्टीका अन्धाधुन्द गोली चलाएपछि ती बन्दुकधारीले आफैँलाई गोली प्रहार गरी आत्माहत्या गरेका छन्। ती बन्दुकधारीले किन आक्रमण गरे भन्ने खुल्न नसेको प्रहरीले जनाएको छ।

ती बन्दुकधारी पार्टी भइरहेको स्थानमा प्रवेश गरेलगत्तै अन्धाधुन्द गोली चलाउँन थालेको प्रहरीले जनाएको छ । मृत्यु हुने सबै वयस्क रहेको र उनीहरुको पहिचान नखुलाइएको प्रहरीले बताएको छ।

स्प्रिङका मेयर जोन सुथरले उक्त घटनालाई मूर्खतापूर्ण कार्य’ भएको बताएका छन् ।

 

प्रकाशित मिति: १२:४७ बजे, सोमबार, वैशाख २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्