चिकित्सा शिक्षाको स्नातक तह प्रवेश परीक्षण तत्काल नहुने

काठमाडौं, वैशाख २७ : चिकित्सा शिक्षाको स्नातक तहको प्रवेश परीक्षा तत्काल नहुने भएको छ।
एकीकृत परीक्षाको तयारी गरे पनि कोभिड कोरोना संक्रमण बढ्दै गएका कारण तत्काल परीक्षा नहुने भएको चिकित्सा शिक्षा आयोगले जनाएको छ।
एमबीबीएस, बीडीएस, बीएनएस, बीएसी नर्सिङ, फार्मेसीलगायतका विषयका परीक्षाको तयारीमा रहेका विद्यार्थीले परीक्षाका विषयमा जिज्ञासा राख्दै आएका कारण आयोगको परीक्षा निर्देशनालयले परीक्षा तत्काल नगर्ने निर्णय गरेको हो।
निर्देशनालयका अनुसार संक्रमणको दर घटेर निषेधाज्ञा आदेश निस्क्रिय भएको अवस्थामा मात्र परीक्षा सञ्चालन हुनेछ। केही समयअघि परीक्षाका लागि आयोगले अनलाइन फारम भर्ने व्यवस्था समेत गरेको थियो।

प्रकाशित मिति: १२:३७ बजे, सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











