कोरोना संक्रमणका कारण धादिङ जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी अभाव
धादिङ, वैशाख २७ : धादिङ जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ । अस्पतालमा कार्यरत ४० स्वास्थ्यकर्मी कोरोना संक्रक्रमित भएर आइसोलेशनमा बसेका कारण दैनिक...
धादिङ, वैशाख २७ : धादिङ जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ । अस्पतालमा कार्यरत ४० स्वास्थ्यकर्मी कोरोना संक्रक्रमित भएर आइसोलेशनमा बसेका कारण दैनिक उपचारमा समस्या आएको छ।
नौ दिनसम्म लगातार २४ घण्टाको डिउटी गर्दा थकित भए पनि काम नरोकेको अस्पतालका स्वास्थ्य सहायक कृष्णलाल उप्रेतीले बताए। पालोदिने स्वास्थ्यकर्मी नभएकाले नौ दिनसम्म २४ घण्टा खटिनुपरेको उनको भनाइ छ।
अस्पतालमा हाल दुई स्वास्थ्यकर्मीले नौ दिनदेखि लगातार बिरामीको उपचार गरिरहेका छन् । संक्रक्रमित स्वास्थ्यकर्मीसमेत आइसोलेशनमा भएकाले आइसोलेशनमा भने संक्रमित स्वास्थ्यकर्मीले सेवा दिइरहेको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: १२:२२ बजे, सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











