Kathmandu Press

अमेरिकी नौसेनाद्वारा अरब सागरमा अवैध हतियार बोकेको जहाज नियन्त्रण

वासिङटन, वैशाख २७ : अमेरिकी नौसेनाले उत्तरी अरब सागरमा अवैध हतियार बोकेको जहाज नियन्त्रणमा लिएको छ।अमेरिकी नौसेनाले आइतबार उत्तर अरब सागरमा यात्रा गरिरहेको...
अमेरिकी नौसेनाद्वारा अरब सागरमा अवैध हतियार बोकेको जहाज नियन्त्रण

वासिङटन, वैशाख २७ : अमेरिकी नौसेनाले उत्तरी अरब सागरमा अवैध हतियार बोकेको जहाज नियन्त्रणमा लिएको छ।

अमेरिकी नौसेनाले आइतबार उत्तर अरब सागरमा यात्रा गरिरहेको जहाजबाट ठूलो परिमाणमा अवैध रूसी र चिनियाँ हतियार नियन्त्रणमा लिएको हो। उक्त अवैध हतियार बोकेको जहाज बहराइनमा अवस्थित अमेरिकी नौसेनाको पाँचौं टालीले नियन्त्रणमा लिएको थियो ।

सो जहाजमा रूसमा बनेको दर्जनौं  मिसाइल, हजारौं थान चिनियाँ  ए के ५६ राइफल र पीकेएम मेशिनगन, स्नाइपर राइफल र ग्रिनेड लन्चर रहेको बताइएको छ ।

नौसेनाले बरामद हातहतियारको विषयमा अनुसन्धान भइरहको बताएको छ ।

प्रकाशित मिति: ११:५४ बजे, सोमबार, वैशाख २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्