Kathmandu Press

स्थगित भयो एसईई र कक्षा १२को परीक्षा

काठमाडौं, वैशाख २७ : राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ। सोमबार बिहान बसेको बोर्डको बैठकले कोरोना भाइरसको जोखिम...
स्थगित भयो एसईई र कक्षा १२को परीक्षा

काठमाडौं, वैशाख २७ : राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ। 

सोमबार बिहान बसेको बोर्डको बैठकले कोरोना भाइरसको जोखिम उच्च रहेकाले एसईई र कक्षा १२को बोर्ड परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि गर्ने तयारी बोर्डको थियो ।

योसँगै लगातार दुई वर्ष एसईई परीक्षा स्थगित भएको छ। अघिल्लो वर्ष पनि लकडाउनका कारण एसईई हुन सकेको थिएन ।

प्रकाशित मिति: १०:४३ बजे, सोमबार, वैशाख २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्