सामूहिक राजिनामाको तयारीमा जुट्यो नेपाल–खनाल समूह
एमाले अध्यक्ष केपी ओलीले कुनै रेस्पोन्स नदिएपछि उक्त पार्टीको नेपाल–खनाल समूहका सांसदहरू सामूहिक राजिनामा दिएर सिंहदरबारबाट बाहिरिने तयारीमा लागेका छन् ।
काठमाडौं, वैशाख २७ : एमाले अध्यक्ष केपी ओलीले कुनै रेस्पोन्स नदिएपछि उक्त पार्टीको नेपाल–खनाल समूहका सांसदहरू सामूहिक राजिनामा दिएर सिंहदरबारबाट बाहिरिने तयारीमा लागेका छन् ।
एक सांसदका अनुसार अहिले सिंहदरबारमा नेपाल–खनाल पक्षीय सांसदहरूको बैठक भइरहेको छ ।
वरिष्ठ नेता माधवकुमार नेपालसहितका सांसद बैठकमा छन् । पार्टी एकता जोगाउन भएको अन्तिम प्रयास असफल भएपछि उनीहरूले राजिनामा दिन लागेका हुन् ।
कतिजना सांसदको राजिनामा आउँछ भन्ने स्पष्ट छैन । पार्टी एक नरहेपछि समानुपातिक सांसदहरूले पनि आफूहरू पदमा नबस्ने राय दिएका छन् ।
प्रकाशित मिति: १०:२५ बजे, सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)